संचार क्षेत्रका लागी संवेदशिल भएर काम गर्छु ः सञ्चार मन्त्री पाण्डे



No description available.

लुम्बीनी प्रदेश सरकारका आन्तरीक मामीला कानुन तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेले संचार क्षेत्रका लागी संवेदशिल भएर काम गर्ने बताउँनुभएको छ । संचार क्षेत्रलाई आफुले नजीकबाट लीने गरेको भन्दै यस क्ष्ोत्रका लागि बढि भन्दा बढि बजेट विनीयोजन गर्ने पहल गर्ने बताउँनुभयो ।
नेपाल पत्रकार महासंघ लुम्बीनी प्रदेशको आयोजना तथा आन्तरीक मामीला , कानुन तथा सहकारी मन्त्रालयको सहयोगमा आज मंगलवार भालुवाङ्गमा भएको अनलाईन मिडिया सम्पादन अभिबृद्धि प्रशिक्षण कार्यक्रममा कार्यक्रमका प्रमुख अतीथी समेत रहेका मन्त्री पाण्डेले यस्तो बताउँनु भएको हो । मन्त्रालय बाट चालु यसै आर्थीक वर्षमा पत्रकारहरुका लागि छुट्याईएको वजेट फ्रीज भएको भन्ने गुनासोलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले अवका दिनमा त्यस्तो हुन नदिएर वजेट कार्यान्वयन गर्ने प्रतीवद्धता ब्यक्त गर्नुभयो ।

मन्त्री पाण्डेले भन्नुभयो – “अव वजेट छुट्याउँने काम भईरहेको छ । संचारकर्मीहरुलाई निरास नबनाई कुनै समस्या नपर्ने तरीकाले वजेट छुट्याउँन पहल गर्नेछु । तपार्यहरुलाई कुनै समस्या पर्दैन । संचार क्षेत्रका लागि म राम्रो काम गर्नेछु । संचार मन्त्रालय संचारकर्मीहरुको साथमा रहेर काम र सहयोग गर्नेछ । संचार जगतलाई सधैँ उत्कृष्ट बनाउँन मेरो सहयोग रहनेछ । ”

सो अवसरमा मन्त्री पाण्डेले संचार मन्त्रालयले गरेका गतीविधिहरुको बारेमा जानकारी दिन तत्काल मिडियाकर्मीहरुको भेला गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । साथै मन्त्री पाण्डेले पत्रकारहरु संगठनात्मक तरीकाले काम  गर्ने  गरेको बताउँदै निष्पक्ष तरीकाले काम गर्नु आग्रह गर्नुभयो । ।

No description available.

पाँच दिन सम्म संचालन हुने तालीममा लुम्बीनी प्रदेशका १२ जील्लाका २२ जना अनलाईनमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको छ । तालीमको वरीष्ठ प्रशिक्षकमा अनलाईन खवरका सम्पादक सुफल काफले र पाल्पा विकास केन्द्रका कार्यक्रम संयोजक किरण कौशल रहनुभएको छ ।

नेपाल पत्रकार महासंघ लुम्बीनी प्रदेशका उपाध्यक्ष चुमा आचार्यको स्वागत मन्तब्य बाट शुरु भएको उद्धघाटन तालीमको शहजीकरण महासचिव विक्रम खड्काले गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ लुम्बीनी प्रदेशका अध्यक्ष बसन्त गिरिको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०८० जेष्ठ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्