रकम बाँडेको विषयमा पत्रकार महासंघ दाङको ध्यानाकर्षण



May be an illustration of map and text

राप्ती गाउँपालिकाको प्रगन्ना सिँचाई कुलो खन्ने बेलामा ढुंगाजन्यवस्तुको उत्खनन्का लागि पत्रकारदेखि प्रहरी प्रशासनले रकम बाँडेकाे घटना विषयमा नेपाल पत्रकार महासंघ दाङकाे गम्भीर ध्यानाकर्षण भएकाे जनाएको छ ।

महासंघका अध्यक्ष दुर्गालाल केसी र सचिव आरके शितलले एक विज्ञप्ती जारी गरी ढुंगाजन्य वस्तु उत्खनन्का लागि जिल्लाका प्रशासन तथा सुरक्षा प्रमुख, जनप्रतिनिधी, पत्रकार लगायतलाई रकम बाँडेको घटना सार्वजनिक भएकोप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

‘घटनाबारे आवश्यक अनुसन्धान गरि दोषीलाई कार्वाही गर्न सम्बन्धीत निकायसँग जोडदार माग गर्दछौ । कुनै पनि अवैध कामको ढाकछोप गर्ने वहानामा पत्रकारका नाममा कुनै पनि रकम दिने काम नगर्न र कसैले रकम मागेमा तत्काल नेपाल पत्रकार महासंघमा जानकारी गराउन सम्बन्धित सबैलाई आह्वान गर्दछौ ।’ विज्ञप्तीमा भनिएको छ ।

 

घटनाको छानबिनका लागि अध्यक्ष दुर्गालाल केसी संयोजक रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिको सदस्यमा सन्तोष सुवेदी र उदय बिसी रहेका छन् । समितिले घटनाको सत्यतथ्या छानबिन गरी असार ३१ गतेभित्र प्रतिवेदन सार्वजनिक गर्ने विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : २०८० असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस्