दाङको तुलसीपुरमा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । शुक्रबार बेलुका ६ बजेको समयमा तुलसीपुर ५ स्थित पार्टी फ्लो रेस्टुरेन्टबाट ३ ग्राम ५२० मिलीग्राम ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयो।
पक्राउ पर्नेमा तुलसीपुर ९ बेलुवा बस्ने २१ वर्षीय प्रदिप बुढाथोकी, सोही ठाउँ बस्ने २१ वर्षिय सन्जिव कठायत र २१ वर्षीय चन्द्र प्रकाश केसी रहेका छन् ।
प्रदिप बुढाथोकीले लागू औषधको कारोबार गरि रहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यलय तुलसीपुरबाट प्रहरी निरीक्षक नवराज केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकाहरुको थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार