दाङमा पत्रकारहरुलाइ अदालती पत्रकारिता तालिम



दाङमा आजदेखि अदालती पत्रकारिता तालिम सुरु भएको छ । पत्रकारलाई अदालती रिपोर्टिङ गर्दा कानुनी शब्दावलीको प्रयोग, अदालती आदेश, फैसला लगायत विविध कानूनी प्रकृयाका विषयमा जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोस सुबेदिको अध्यक्षतामा तथा  घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।

घोराही उपमहानगरपालिकाका नगर प्रमुख चौधरीले महासंघको विकासमा लागि पालिकाले हरेक वर्ष सहयोग गदै आएको बताउनुभयो । पत्रकारिताको माध्ययमबाट आम नागरीकहरुले लाभ लिने भएकोले पत्रकारिता क्षेत्रमा पालिकाले लगानी गदै आएको बताउनुभयो ।

केन्द्रीय सचिव सबिन प्रियासन, लुम्बिनी प्रदेशका महासचिव पाण्डव शर्माले  अदालतको समाचार लेख्दा कानुनी र प्राविधिक कुराको जानकारीको कमीले समस्या आउने गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासघका केन्द्रीय पूर्र्व अध्यक्ष बिपुल पोखरेलले काम गदै आएका पत्रकारहरुलाई यो तालिमले सहयोग गर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका सल्लाहकार दुर्गालाल केसीले अदालती समाचार लेख्दा धेरै कुराको ख्याल गर्नुपर्ने बताउनुभयो ।

महासंघका पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले अदालती रिपोर्टिङ संवेदनशील क्षेत्र भएकाले पत्रकारहरूले अदालतका मुद्दा र निर्णयको सही जानकारी राख्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै महासंघका पूर्व अध्यक्ष केबि मसालले अदालती समाचारमा पत्रकारको चासो हुनु आवश्यक रहेको बताउनुभयो ।

पूर्व अध्यक्ष डा. सुदिप गौतमले अदालती रिपोर्टिङमा पत्रकारहरू पछाडि परेको र कानुनी प्रक्रियाबारे जानकारीको अभावका कारण अदालती समाचारको लेखनमा समस्या उत्पन्न हुने गरेको भन्दै  अदालतको प्रक्रिया समय अनुसार परिमार्जन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

तालिमको पहिलो दिनमा आज नेपाल पत्रकार महासंघका केन्द्रीय पूर्व अध्यक्ष विपुल पोखरेलले अदालती पत्रकारिताको महत्त्व र रिपोर्टिङ गर्दा ध्यान दिनुपर्ने विषयमा प्रशिक्षण दिनुभएको हो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायले प्र्रहरीमा आउने उजुरी, अनुसन्धानको प्रक्रिया, गोपनीयता लगायतको बारेमा प्रशिक्षण दिनुभएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायधिवक्ता योगेन्द्र प्रसाद ढुंगेलले अदालती फैसला, आदेश, थुनछेक बहस र मुद्दाको प्रकृतिलगायत महत्त्वपूर्ण विषयहरूमा प्रशिक्षण दिनुभएको थियो ।

उपाध्यक्ष ओपेन्द्र बस्नेतको स्वागत मन्तव्यबाट भएको कार्यक्रमको सहजीकरण सचिव जेएन सागरले गर्नुभएको हो ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजना तथा घोराही उपमहानगरपालिकाको आर्थीक सहयोगमा तालिमको सुरु भएको हो । तालिममा ३० जना पत्रकारहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्