नारायणपुरमा पशु तथा स्रोतको उचित ब्यबस्थापन सम्बन्धि तालिम सम्पन्न



No description available.

दाङ घोराही उपमहानगरपालिका १० नारायणपुरमा आज पशु तथा स्रोतको उचित ब्यबस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना र मेट लाइफ इन्स्योरेन्स कम्पनीको सहयोगमा तालीम सम्पन्न भएको हो । नारायणपुर क्षेत्रका १५ जना किसानहरुलाई ब्यबस्थित बाख्रापालन गर्नका लागि स्थानीय स्रोत साधनको उपयोग गरि उधमी बनाउने हेतुले उक्त तालीमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

No description available.
संस्थाका कोषाध्याक्षय मीरा चौधरीले शिविरबाट पहिचान भाएका ४१ जना सिकलसेलहरुको आय आर्जनका लागी सहज होस् भन्ने उद्धेश्यले संस्थाले तरकारी खेती, पशु तथा स्रोतको उचित व्यवस्थापन तालीम, शीक्षामा सहयोग, सिलाई कटाई तालीम, ब्यूटीपार्लर तालीमको समेत व्यवस्थापन गरेको बताउनुभयो । यस अघि सस्ंथाले सो क्षेत्रमा स्वास्थ्य शिवीर संचालन गर्दा शिकलसेल भएका बिरामी रहेको पाईएको थियो । पशु सेवा प्राबिधिक नारायणपुरका हिम प्रसाद शर्मा र पशु प्राबिधिक धन भण्डारीले तालिमको प्रशिक्षण गर्नुभएको थियोे ।
कार्यक्रमको सहजीकरण पार्बती बस्नेतले गर्नुभएको थीयो ।

प्रकाशित मिति : २०८० माघ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्