तुलसीपुरमा दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु हुने भएको छ। यहि फाल्गुन १५ गतेदेखि १७ गते सम्म अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता हुने भएको हो ।
यूथ्स अफ तुलसीपुरको आयोजनामा ३ दिन सम्म कार्यक्रम संचालन हुने यूथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभयो।
कुस्ती प्रतियोगितामा भारत देखि ३० जना र नेपाली ५ जना गरि ३५ जना खेलाडी रहने अध्यक्ष लहरेले बताउँनुभयो ।
कार्यक्रममा महिला खेलाडी पनि रहने छन। यस्तै कार्यक्रममा राष्टिय कलाकारहरु पनि आउँने आयोजकले बताएको छ ।
कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गर्ने कार्यक्रम गर्ने कार्यक्रम छ। कार्यक्रमको सहजीकरण सचीव सुदिप नेपालीले गर्नुभएको थियो ।
प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार