सात दिने महिला शसक्तिकरण सहित नारी दिवस सम्बन्धि तालिम सुरु



दंगीशरण गाउँपालिका वडा नं. ६ को आयोजना तथा नेपाल महिला सामुदायिक सेवा केन्द्रको सहजीकरणमा ७ दिने महिला शसक्तिकरण सहित नारी दिवस सम्बन्धि तालिम वडा नं. ६ को कार्यालयमा शुरुभएको छ ।

वडा नं. ६ का कार्यवाहक अध्यक्ष टन्कि भण्डारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा ७ दिने औपचारिक तालिमको उद्घाटन गरीएको हो । मनोबिमर्श सहित महिलाहरु नेतृत्वको पहुँचसम्म पुग्दा आइपर्ने समस्याहरुको समाधान तथा बक्तित्वकलाको विकास सम्बन्धि बिषयवस्तु समेटिने कार्यक्रम संयोजक आर.के शितलले जानकारी दिनुभयो ।

कार्यक्रम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले असक्तहरुलाई शसक्त बनाउने उदेश्यका साथ वडा नं. ६ ले कार्यक्रम आयोजना गरेकोप्रती खुसि ब्यक्त गर्नुभयो । बिगतका वर्षहरुको तुलनामा अहिलेको अवस्थामा महिला शसक्तिकरणमा वृद्धि भएको बताउनुभयो ।

वडा नं.६ का कार्यवाहक अध्यक्ष टन्कि भण्डारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण नेपाल महिला सामुदायिक सेवा केन्द्रकि लक्ष्मि ढकालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्