दङ्गिशरणमा कागतीकाे बिरुवामा आगलागी  हुँदा ३ लाख बराबरको क्षेती



दंगीशरण गाउँपालिका ७ मा आगलागीबाट ५ सय कागतीका विरुवा जलेर नष्ट भएका छन् । आगलागीबाट दंगीशरण ७ बाँकाका राजकुमार शाहीले ३ विगाह क्षेत्रफलमा लगाएको ५ सय कागतीका विरुवा जलेर नष्ट भएको हाे । कागतीकाे बिरुवा जलेर नष्ट  हुदा करिब ३ लाख बराबरको क्षेती भएको  जनाइएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार आज बिहान ११ बजेको समयमा नजिकैको खरबारीमा लागेको आगो एक्कासी कागती खेती गरिएको खेतमा सल्किन जादा आगलागी भएको हो ।

स्थानिय, प्रहरी र दमकलको सहायताले झन्डै डेढ घण्टा पछी आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट अन्य क्षेती भने हुन नपाएको प्रहरी निरिक्षक मल्लले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २०८० चैत्र १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्