दंगीशरण गाउँपालिकाले दलित र गैरदलितबिच विवाह गरेका ११ जोडीलाई सम्मान गरेको छ । ५९ औं अन्तरास्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा सम्मान गरिएको हो ।
आत्म सम्मान समानता र सामाजिक न्याय सहितको समृद्धिका लागी राजनीतिक हक,जातीय छुवाछुत तथा सबै प्रकारका विभेद अन्त्यका लागी दलित अधिकार दशकू भन्ने मुल नारासहित दंगीशरण गाउँपालिकाको आयोजना तथा दलित महिला संघ फेडोको सहकार्यमा ५९ औं अन्तरास्ट्रिय जातीय विभेद उन्मुलन दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
दिवसको अवसरमा दलित र गैरदलितबिच अन्तर्कृया तथा जातीय विभेद तथा छुवाछुत उन्मुलनमा गैर दलितको भुमिका विषयक वक्तित्वकला प्रतीयोगिता सम्पन्न गरेको छ । बक्तीत्वकला प्रतीयोगितामा बिरेन्द्र नमुना माध्यमिक विधालाय हेकुलीका रन्जित चौधरी प्रथम, बिरेन्द्र माध्यमिक विद्यालय हेकुलीकै क्रान्ति परीयार दितिय र सिद्ध पृथ्वी जनता माध्यमिक विद्यालय श्रीगाउका निरज देवकोटा तृतिय भएका थिए ।
कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले सरकारले छुवाछुत तथा जातीय बिभेद अन्त्य गर्न जती कार्यक्रम ल्याए पनि कहिकतै छिटपुट रुपमा छुवाछुत तथा जातीय बिभेद हुने गरेको प्रती दुख ब्यक्त गर्दै अध्यक्ष गिरीले दंगीशरण गाउँपालिकामा दलित छुवाछुत तथा जातीय बिभेद तथा दलितलाई होच्याउने तथा अपमानित शब्दहरु कसैले कसैलाइ नगर्न र यदि कहिकतै त्यस्तो भए गाउँपालिकाको न्यायिक समिती मार्फत आउन आग्रह गर्दै तत्काल कार्वाहि गरीने बताउँनुभयो ।
समाजामा हरेक हिसाबले पछाडी पारीएका दलित, जनजाती, अपाङ्गता सिमान्तकृत, बिपन्नको सवालमा आफ्ना कार्यक्रमहरु प्राथमिकताका साथ अगाडी बढाएको बताउदै लक्षीत वर्गको उत्थानका लागि आफुले काम गर्ने बताउँनुभयो ।
दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा जिल्ला समन्वय समिती दाङका सदस्य टोपाराम चौधरी र निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनोद अधिकारीको बिशिस्ट आथित्यतामा कार्यक्रम भएको थियो ।