बिजौरी उद्योग बाणिज्य सघले राप्ती अन्चल संयुक्त ट्रक यातायात ब्यबसायी समितीका नबनिर्बाचित पदाधिकारीलाई स्वागत, सम्मान गरेको छ । सघले शुक्रबार एक कार्यक्रमको आयोजना गरि सयुक्त ट्रक यातायात ब्यबसायी समितीका नबनिर्बाचित पदाधिकारीलाई स्वागत सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै राप्ती अन्चल सयुक्त ट्रक यातायात ब्यबसायी समितीका नवनिर्वाचित अध्यक्ष समितिका अध्यक्ष उमेशचन्द्र मज्गँैयाले उद्योग बाणिज्य सघं र ट्रक ब्यबसायी एउटै रथका दुई पांग्रा भएको भन्दै कुनै पनि ब्यवसाय सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउँनुभयो । उहाले अब जित र हारको कुरालाई नलिएर ब्यबसायी एकताका साथ आफ्नो पेसाप्रती प्रतिबद्ध र बफादार भएर व्यवसायीक हक हितका लागि काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ का वडाध्यक्ष एब संयुक्त ट्रक समितिका बरिष्ठ उपाध्यक्ष प्रेमनाथ योगी, बिजौरी उद्योग वाणिज्य सघंका पुर्ब अध्यक्ष मुकेश वली लगाएतले ब्यबसायी–ब्यबसायी बिच एकता हुनुपर्ने तर्क गरे ।
सघंका वरिष्ठ उपाध्यक्ष डिल्ली बहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव दिपक कुमार बस्नेतले गर्नुभएको थियो ।