गड्यौँला बिक्री बाट लाखौँको आम्दानी गर्दै कर्ण



भट्टे कृषि सहकारी सस्ंथा लिमीटेड तुलसीपुर ३ भट्टेका अध्यक्ष कर्ण बहादुर वली गड्यौँला पालन गर्दै आउँनुभएको छ । ११ वर्ष देखि निरन्तर गड्यौला पालन गरेर अर्गानीक कम्पोष्ट मल उत्पादन गर्दै बिक्री गर्दै आएको  कर्ण बहादुरले बताउँनुभयो । गड्यौँला संगसंगै तरकारी खेती पनि गर्दै आएको उहाँले बताउँनुभयो ।

गड्यौला पालन बाट ११ लाख बराबरको आम्दानी गरेको कर्णले बताउँनुभयो । यस्तै गड्यौला बाट बनेको मल बिक्री गरेर ५ लाख बराबरको आम्दानी गरेको बताउँनुभयो । गड्यौला पालन गरेर विक्री गर्न थालेपछि बाहिरी जिल्ला रोल्पा कैलाली बाट पनि माग हुने गरेको कर्णले बताउँनुभयो ।

“ बाहिरी जिल्ला मात्र नभई दाङको देउखुरी बाट पनि माग बढेको छ । समयैमा नै उत्पादन हुदैनन् । माग बमोजिम पुर्याउन सकिराखेको छैन । जाडोमा गड्यौला कम मात्रामा उत्पादन हुन्छन् । फागुन महिना बाट भने बढ्छन् । जाडो महिनामा उतपादन नहुँदा कृषकले भने बमोजिम पुर्याउन सकिदैन ।” कर्णले भन्नुभयो ।

“ सुरुवातीको अवस्थामा २ सय ८० के.जि. गड्यौला ल्याएर पाल्न सुरु गरे । अहिले सम्म २० क्वीन्टल जती उत्पादन भईसकेका छन् ।” कर्णले भन्नुभयो ।

यहि पेसा बाट घरपरिवार पाल्ने देखि लिएर छोराछोरी पढाउँने यहि गड्यौँला पालन , तरकारी खेती गरेर गर्दै आएको कर्ण बताउँनुहुन्छ ।

“पछिल्लो समय आत्मसन्तुष्टि मिलेको छ । अन्य काम भन्दा यहि कामबाट आम्दानी भइरहेको छ । परीवार पालेकै छु ।” कर्णले भन्नुभयो ।

 

प्रकाशित मिति : २०८० चैत्र १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्