माबी सौडियार विद्यालय स्थापना गर्ने संस्थापकहरुकाे अर्ध कदको शालिक स्थापना गरिने



घोराही ७ सौडियारस्थित माबी सौडियार बिद्यालयले बिद्यालय स्थापना गर्ने सस्थापकहरुको सम्झनामा अर्ध कदको शालीक स्थापना गर्ने भएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निसानदाजु भट्टराईको अध्यक्षता तथा घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरीको प्रमुख आतिथ्यतामा बिद्यालय परिसरमा बसेको बैठकले तत्कालीन समयमा बिद्यालय स्थापना गरेर यसक्षेत्रमा शैक्षिक जग हाल्ने सस्थापकहरुको स्मृत्तिमा अर्ध कदको शालीक स्थापना गर्ने निर्णय गरेको हो ।

तत्कालीन प्रधानपन्च भुपबहादुर केसि, उप प्रधानपञ्च जग्गुराम थारु र सस्थापक प्रधानाध्यापक टेकबहादुर चौधरीको सम्झनामा शालिक निर्माण गर्ने बिब्यसले निर्णय गरेको निमित्त प्रधानाध्यापक नन्दबहादुर वलिले बताउनु भयो । बिद्यालयका सस्थापकहरुको योगदानलाई चिरकालसम्म पनि चिरस्थायी बनाउन बिद्यालयले यो पहल गरेको शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर कवरले बताउनु भयो । बिद्यालयले सस्थापकका परिवारलाई बोलाएर अर्ध शालिक स्थापना गर्ने बारे छलफल पनि गरेको छ ।

छलफलकाक्रममा बिद्यालयले सस्थापकको परिवारलाई सम्झेर बोलाएको धन्यवाद दिदै घरायसी राय सल्लाह लिएर अर्ध कद शालीक निर्माण अभियानमा आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने प्रतीबद्धता ब्यक्त गर्नु भएको थियो । बैठकको सहजिकरण बिद्यालयका सहायक प्रधानाध्यापक दामोदर पाण्डेले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्