तुलसीपुरकाे दिव्य कुञ्जमा एकाडेमीमा लागु औषध दुर्ब्यसन सम्बन्धि
चेतनामुलक कार्यक्रम सम्पन्न भएकाे छ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय तुलसीपुरको आयोजना र दिव्य कुञ्ज एकेडेमीको सहकार्यमा शान्ति एवम् सुरक्षित समाज निर्माणका लागि लागू औषध दुर्व्यसन सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको हाे ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक भरत नाथ याेगीले विद्यार्थीहरुलाई दुर्व्यसन बिरुद्ध सचेतता प्रदान गर्नुभएको थियो । लागु औषध के हो ? विद्यार्थीहरु यसमा कसरी फस्न सक्छन् ? सारिरिक, मानसिक र सामाजिक असर र न्यूनीकरणका उपायहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा कक्षा ६ देखी १० सम्मका विद्यार्थीको सहभागीता रहेको थियौ ।
त्यस्तै विद्यालयका प्रधानाध्यापक कुलानन्द अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम संयोजक पूर्ण के.सी. (मुस्कान ) ले गर्नुभएको थियो ।