८ महिने शिशुको पानीमा डुबेर मृत्यु



दाङको तुलसीपुरमा ८ महिने शिशुको पानीमा डुबेर मृत्यु भएको छ । सोमबार दिउँसो साढे १ बजेतिर आफ्नै घरको आगनमा खेल्ने क्रममा ठुलो पलाष्टिकको पानीको बाटामा खेल्ने क्रममा डुबेर ८ महिने शिशुको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिनुभयाे ।

सूचना अधिकारी थापाका अनुसार तुलसीपुर ४ गतेरा बस्ने बिना पुनको ८ महिनाका छोरा सल्लिम पुनको मृत्यु भएको हो । शिशु पानीको बाटामा डुबेर गम्भीर घाइते भएका थिए । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस्