महिलामा नेतृत्व विकास आवश्यक: अध्यक्ष घनश्याम पाण्डे

प्राकृतीक स्रोत ब्यवस्थापनमा महिलाको भूमिका तथा नेतृत्व विकास सम्बन्धि तीन दिने तालीम सुरु


ग्रीन फाउण्डेसन नेपालका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले महिलाहरुमा नेतृत्व गर्ने शैलीको विकास हुन जरुरी रहेको बताउँनुभएको छ । घर देखि राजनीतीसम्म महिलाहरु नेतृत्व गर्ने भएकाले महिलाहरुको मुद्धामा सचेत भएर अगाडि बढ्न सक्ने बानीको विकास गर्न जरुरी रहेको बताउँनुभयो ।

उहाँले महिलाहरुको क्षमता अभिबृद्धि होस् भन्ने उद्धश्यले तालिमको आयोजना गरिएको बताउँनुभयो । तालीमबाट  सामुहिक नेतृत्वको भावना जगाउनुको साथै महिलाका मुद्दा उठान गर्न सहज हुने बताउँनुभयो। यसले सचेतीकरणमा पनि टेवा पुग्ने र  पैरबी गर्न सक्षम हुने बताउँनुभयो ।

तुलसीपुरमा सुरु भएको प्राकृतीक स्रोत ब्यवस्थापनमा महिलाको भूमिका तथा नेतृत्व विकास सम्बन्धि तीन दिने तालीमको उद्धघाटन कार्यक्रममा अध्यक्ष पाण्डेले यस्तो बताउँनुभएको हो । समाज परिवर्तनको लागि महिलाहरुले नेतृत्व गर्नुपर्ने भन्दै निति निर्माण र निर्णय गर्ने तहमा महिलाहरुको संख्यात्मक र गुणात्मक सहभागिता हुनुपर्ने बताउँनुभयो ।

ग्रीन फाउण्डेसन नेपाल, सामुदायीक वन उपभोक्ता महासंघ नेपाल र सिप्रेडको संयुक्त आयोजनामा तालीमको आयोजना गरिएको हो । पहिलो दिनको तालीमको प्रशिक्षकमा अधिवक्ता शुष्मा के.सी. र नेपाल पत्रकार महासंघ दाङ का अध्यक्ष दुर्गालाल के.सी. रहनु भएको थियो ।


महिलाहरुको क्षमता विकास गरी समुदायमा महिला हिंसाविरुद्धको अभियान तथा आर्थिक सामाजिक सांस्कृतीक अधिकारका बारेमा सचेतना जगाउने उद्देश्यले तालीमको आयोजना गरिएको हरीयाली मञ्च नेपालका अध्यक्ष शुरेस रावतले जानकारी दिनुभयो ।

ग्रीन फाउण्डेसन दाङका उपाध्यक्ष आशा अधिकारी जि.सी.को अध्यक्षतामा भएको तालीम उद्धघाटन कार्यक्रमको शहजीकरण सचिव जित बहादुर खड्काले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्