दिपक वली
दाङको घोराहीस्थित गुरुकुल एकेडेमीले नेपाली शिक्षा क्षेत्रमा नवीनतम प्रविधियुक्त र रचनात्मक शिक्षालाई समेट्ने उद्देश्यका साथ -AICT art) नामक नयाँ विषय सुरु गरेको छ।
विद्यालयले कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरूका लागि कृत्रिम बुद्धिमत्ता (Artificial Intlleigence), सूचना तथा सञ्चार प्रविधि (ICT), , कम्प्युटर कोडिङ तथा सिर्जनात्मक कला शिक्षालाई एउटै समावेशी विषयमा समेटेर पढाउन थालेको हो ।
विद्यालयले यसका लागि आफैंले पाठ्यक्रम विकास गरेको छ, जसलाई ‘ब्क्ष्ऋत् ब्चत’ नाम दिइएको छ। यस विषयले विद्यार्थीहरूलाई प्रारम्भिक उमेरदेखि नै डिजिटल साक्षरता, कम्प्युटर प्रोग्रामिङ, एआईको आधारभूत ज्ञान तथा चित्रकला र सिर्जनात्मक अभिव्यक्तिमा दक्ष बनाउने उद्देश्य राखेको छ ।
गुरुकुल एकेडेमीका अनुसार, बदलिंदो शैक्षिक आवश्यकता र भविष्यको प्रविधि–केन्द्रित समाजलाई मध्यनजर गर्दै यस्तो विषय सुरु गरिएको हो। विद्यालयले यस कार्यान्वयनका लागि विशेष तालिमप्राप्त शिक्षकहरूको व्यवस्थापन गरिसकेको छ र नियमित कक्षाहरू सञ्चालन गर्ने तयारी पूरा भइसकेको जनाएको छ ।
विद्यालय संयोजक भुवन आचार्यका अनुसार, “हामीले विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा सीमित नराखी, उनीहरूमा सोच्न सक्ने, सिर्जना गर्न सक्ने र प्रविधिसँग सहकार्य गर्न सक्ने क्षमता विकास गराउने प्रयास गरेका छौं ।
यस प्रकारको नवीनतम विषय शिक्षामा समावेश गरिनु नेपालमा दुर्लभ मानिन्छ । यसले विद्यार्थीहरूलाई वैश्विक प्रतिस्पर्धामा अघि बढ्न प्रेरणा दिने विश्वास गरिएको छ ।