बबई नदीले बगाउँदा वेपत्ता भएकी महिला मृत फेला




दाङमा बबई नदीले बगाउँदा वेपत्ता भएकी महिला मृत भेटिएकी छन् ।

बुधबार विहान ४ बजेतिर बगाउदा वेपत्ता भएकी उनकाे दिउसाे १ बजेतिर शव फेला परेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

शव दंगीशरण स्थित बैबाङ पुल नजिकेै फेला परेकाे हाे । शव आफन्तले बुझि लिएका छन् ।

तुलसीपुर १४ मटेरा स्थित आफन्तीको घर जाने क्रममा नदी तर्न खोज्दा १९ बर्षीय सृजना चौधरीलाई बगाएको हाे ।

दाङमा नियमित बर्षादले गर्दा नदी तथा खोलाहरुमा पानीको वहाब बढेको छ ।

प्रकाशित मिति : २०८१ असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस्