तुलसीपुर १३ को गिधनिया–मजघटुवा जोड्ने तुई सोतामा बक्स पुलको शिलान्यास



तुलसीपुर उपमहानगरपालिका १३ गिधनिया–मजघटुवा जोड्ने तुई सोतामा बक्स पुलको शिलान्यास गरिएको छ । आइतबार वडा अध्यक्ष मोहनलाल पौडेलको अध्यक्षता तथा नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा शिलान्यास सम्पन्न भएको हो ।

नगरप्रमुख खड्काले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्यालाई प्राथमिकतामा राखेर पुल निर्माणका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । पुल निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।

पुल निर्माणपछि वडा नम्बर १३ का करिब ५ हजार नागरिक लाभान्वित हुनेछन् । यसले बालबालिकालाई विद्यालय जान, सुत्केरी महिलालाई स्वास्थ्य संस्थासम्म पुग्न तथा स्थानीयको आवतजावत सहज बनाउने अपेक्षा गरिएको छ ।

पालिका र वडाको सहकार्यमा करिब २ करोड ५० लाख रुपैयाँ लागतमा पुल निर्माण हुने जनाइएको छ । इन्जिनियर पवन कुमार योगीका अनुसार पुल प्राविधिक रूपमा सुरक्षित र दिगो बनाइनेछ ।

प्रकाशित मिति : २०८२ माघ ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्