दङ्गिशरणमा मोटरसाइकल पैदलयात्रीसंग ठोकिदा तीन जना घाइते




दाङमा मोटरसाइकल पैदलयात्रीसंग ठोकिदा तीन जना घाइते भएका छन् । पश्चिमबाट तुलसीपुर बजारतर्फ आउदै गरेको बा.प्र.०२-०४७ प ७९७८ नम्बरको आज राती ८ बजेतिर मोटरसाइकल दंगिशरण-६ बागरस्थीत पैदलयात्रीसंग ठाकिएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक दंगीशरण गाउँपालिका-३ हेकुलीका २७ वर्षिय आरएन चौधरी, मोटरसाइकलमा पछाडी सवार सोही ठाँउका १६ वर्षिय राज चौधरी र दंगीशरण-६ का ४५ वर्षिय डम्बरी कुमारी परियार घाइते हुनुभएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

घाइते तीनै जनाको अवस्था मध्यम रहेको छ । घाइते तीन जनालाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस्