दाङ घोराही उपमहानगरपालिका- १८ स्थित रझेनामा डेरागरी बस्ने प्यूठान माण्डबी गाउँपालिका २ मर्काबाङका १५ वर्षीय बालक किरण पुन मृत फेला परेका छन ।
आइतबार दिउँसो २ बजे पौडी खेल्ने क्रममा घोराही- १८ स्थित गिठेपानी ड्याममा डुबेर बालक बेपत्ता भएका थिय ।
बालकलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण शमशेरगन्ज बाट आएको गोताखोरको टोलीले राती १० बजे मृत फेला पारेको हो ।
प्रकाशित मिति : २०८१ असार ३२ गते सोमवार