दंगीशरण गा.पा.-२ नारायणपुर (दुर्गा भगवती मन्दिर) नजिक तिलकन्या सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
वन तथा कृषि सहज कार्यक्रम अन्तर्गत यस हाम्राे राजाकाेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र तिलकन्या सामुदायिक वन उपभोक्ता समुहकाे आयाेजना एवं दंगीशरण गाउँपालिका, दंगीशरण सव डिभिजन वन कार्यालय, ग्रिन फाउन्डेसन नेपाल, हरियाली मञ्च नेपाल र श्री दुर्गा भगवती मन्दिर व्यवस्थापन समितिकाे सहकार्यमा वृक्षारोपण गरिएको हाे ।
वनमा आँप, लिच्चि, कागती, अशाेक, गाेलमाेहर, बगनेबेली, सितारा, खयर, मसला, बगाईनाे लगाएतका विरुवा राेपिएकाे हाे ।
हाम्रो राजाकाेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे अध्यक्ष विष्णु गाैतमकाे अध्यक्षता एवं दंगीशरण गाउँपालिका २ नं.वडा अध्यक्ष डम्बर खत्री तथा दंगीशरण गाउँपालिका निवर्तमान अध्यक्ष भागिराम चाैधरीकाे विशेष उपस्थितिमा वृक्षारोपण कार्यक्रम भएको हाे ।
कार्यक्रममा दंगीशरण गाउँपालिका २ नं.वडा सदस्य अन्जना वि.क, ग्रिन फाउन्डेसन दाङका अध्यक्ष विष्णु के.सी, सचिव जित बहादुर खड्का, दंगीशरण गाउँपालिका १ नं.वडाकाे निवर्तमान वडा अध्यक्ष श्रीप्रसाद चाैधरी, श्री दुर्गा भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष युवराज खड्का लगायतकाे उपस्थिति रहेकाे थियोे ।
सामुदायिक वनमा थुप्रै खाली जमिन भएको ले वन पुनर्स्थापनाका लागि वृक्षारोपण कार्यक्रम गरिएकाे आयाेजकले जनाएको छ ।
यसैबीच दंगीशरण गा.पा.-१ बाकी बेटारपुरमा रहेकाे महालक्ष्मी सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । वन तथा कृषि सहज कार्यक्रम अन्तर्गत यस हाम्राे राजाकाेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र महालक्ष्मी सामुदायिक वन उपभोक्ता समुहकाे आयोजना एवम् दंगीशरण गाउँपालिका हेकुली दाङ र दंगीशरण सव डिभिजन वन कार्यालय श्रीगाउँकाे सहकार्यमा वृक्षारोपण गरिएको हाे ।करिव २ हेक्टर क्षेत्रफलकाे खाली जमिनमा बाँस, माैहवा, जामुनाे, चिउरी लगाएतका बिरुवा राेपिएकाे हाे ।
हाम्राे राजाकाेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे अध्यक्ष विष्णु गाैतमकाे अध्यक्षता एवम् दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीकाे प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम गरिएको छ ।