तुलसीपुर २ माध्यमिक विधालय बालापुरका बिधार्थीहरुलाई शैक्षीक सामग्री वितरण गरिएको छ । २५ औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा विधार्थीहरुलाई शैक्षीक सामग्री वितरण गरिएको हो । तुलसी सामाजीक विकास केन्द्रको आयोजना तथा रोटरी क्लव अफ तुलसीपुर सिटी, राेट्र्याक क्लव अफ तुलसीपुर, द पार्क क्याफे, युवा ब्यवसायी ग्रिल ब्यवसायी संघका उपाध्यक्ष दिपक के.सी, मा.वी. बालापुरका विज्ञान शिक्षक विमल वलीको संयुक्त आर्थीक सहयोगमा १ कक्षा देखि ५ कक्षा सम्मका ३० जना बिधार्थीहरुलाई जुत्ता मोजा लगाएत शैक्षीक सामग्री वितरण गरिएको हो ।
सो अवसरमा वडा न. २ का वडा अध्यक्ष भिम योगीले बिधालय सुधारका लागि स्थानीय बाट मात्र नभई प्रदेश सरकारबाट पनि पहल गरीरहेको बताउँनुभयो । बिधालयको भौतीक अवस्थालाई परिवर्तन गर्न शैक्षीक सुधारका निम्ती योजना अनुरुप काम गरिरहेको बताउँनुभयो । उहाँले बिधालयमा जनजाती थारु समुदायका छोराछोरीहरु धेरै अध्ययन गर्ने गरेको बताउँदै सहयोग गर्ने सबै ब्यक्ति संघसस्ंथालाई धन्यवाद दिनुभयो । आउदा दिनमा सबैको साथ सल्लाह बमोजीम अगाडि बढ्ने बताउँनुभयो । सो अवसरमा तुलसीपुर उधौग बाणिज्य संघका अध्यक्ष विनील के.सी.ले विभीन्न संघसस्ंथामा जोडिएर धेरै ठुलो भन्दा पनि सानो सानो खुसी दिने प्रयास अन्र्तगत शैक्षीक सामग्री प्रदान गरेको बताउँनुभयो । सबैको सहकार्यमा सामाजीक कामलाई अगाडि बढाउँदै गएमा सामाजीक बन्ने र बनाउँन सकिने बताउँनुभयो ।
सो अवसरमा बिधालय ब्यवस्थापन समितीका अध्यक्ष तिलक बहादुर के.सी.ले बिधालयको स्तरउन्नतीका लागि सहयोग गर्न सबैमा आग्रह गर्नुभयो । यस्त उधौग बाणिज्य संघका सल्लाहकार बिमल रिजालले यस बिधालय पुरानो विधालय भएकाले साझा सम्पतीलाई जोगाएर लग्न सबै एक हुन आवश्यक रहेको बताउनुभयो । सो अवसरमा समाजसेवी टिकाराम कँडेल, ग्रील ब्यवसायी संघका उपाध्यक्ष दिपक के.सी. लगाएतले आ आफनो धारणा राख्नुभएको थियो ।
तुलसी सामुदायीक विकास समितीका अध्यक्ष गणेश भण्डारीको अध्यक्षता एंव वडा न. २ का वडा अध्यक्ष भिम योगी को प्रमुख आतीथ्यतामा कार्यक्रम भएको हो । विधालयका प्रधानाध्यापक गणेशमान खड्काको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण सस्ंथाका सचिव सागर सुवेदिले गर्नुभएको थियो ।
दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि ,डिजीटल प्रविधिमा युवा पहुँच अभिबृद्धि भन्ने मुल नाराका साथ शुरु भएको अभियान अन्र्तगत यस अघि युवाहरुसंग उधमशिलता विषयक अन्र्तक्रिया कार्यक्रम र लागु औषध दुब्र्यसनी , साइबर अपराध र मानव मुल्य शिक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।