दाङमा करेन्ट लागेर एककाे मृत्यु



दाङ तुलसीपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाकाे मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ गैरापातु स्थित भजना खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा सोही ठाउँका ४० बर्षीय सम्शेर चलाउनेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार मंगलबार साँझ पौने ७ बजेतिर खोला किनारमा मृत भेटिएपछि अनुसन्धान गर्दा माछा मार्ने क्रममा मृत्यु भएको खुलेको हो ।

स्थानीय कमला विकको घरबाट विद्युत जडान गरि माछा मार्ने क्रममा करेन्ट लागेको प्रहरीले बताएको छ । घटनास्थलबाट करेन्ट लगाउन प्रयोग गरिएको तार समेत बरामद गरिएको छ ।

साथै अनुसन्धानकालागि घटनास्थल रहेका तीन जना ब्यक्तीलाई नियन्त्रणमा समेत लिईएको छ । प्रहरीका अनुसार सोही ठाउँका ४५ बर्षीय बलबहादुर वली, ६२ बर्षीय गोरे वली र एक १२ बर्षीय नवालकलाई पक्राउ गरिएको छ । उनीहरु संगै माछा मार्न गएको बुझिएको प्रहरी निरीक्षक थापाले बताउनुभयाे ।

प्रकाशित मिति : २०८१ कार्तिक २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्