नारायणघाट–बुटवल खण्डमा पर्ने दुम्कीबासस्थित पुल भाँच्चियाे, यात्रु बाटाेमा अलपत्र



पूर्व–पश्चिम राजमार्गअन्तर्गत लामो नारायणघाट–बुटवल खण्डमा पर्ने दुम्कीबासस्थित पुल भाँच्चिएको छ । यो पुल भाँच्चिएसँगै पूर्वी नेपालबाट पश्चिम जाने तथा पश्चिम नेपालबाट पूर्व र काठमाडौं उपत्यका जाने सडक पूरै ठप्प भएको छ ।

पुल भाँच्चिएपछि अहिलेसम्म वैकल्पिक मार्ग व्यवस्थापन हुन सकेको छैन । राति हुँदै गएपछि तत्कालै वैकल्पिक मार्ग या डाइभर्सनको काम सम्भव नहुने अवस्था आएको छ । पुल भाँच्चिएपछि गन्तव्यतिर हिँडेका सयौँ गाडीका हजारौँ यात्रु बाटैमा रोकिएका छन् ।

अहिले उक्त राजमार्ग भएर आवतजावत गर्ने योजनामा रहेका सर्वसाधारणलाई स्थानीय प्रशासनले अर्को सूचना नआएसम्म यात्रा नथाल्न पनि भनेको छ ।

प्रकाशित मिति : २०८१ पुष २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्