पूर्व प्रधानमन्त्री दाहालद्वारा चखौरा थारु संग्राहलयको अवलोकन




पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दाङको दंगीशरण ३ चखौरामा रहेको ऐतिहासिक थारु संग्राहलयको अवलोकन गर्नु भएको छ । शुक्रवार उहाले थारुहरुको अध्ययन तथा अनुसन्धान थलोको रुपमा रहेको थारु संग्रालयको अवलोकन गर्नु भएको हाे।

थारु संग्राहलयको अवलोकन गदै पूर्व प्रधानमन्त्री दाहालले दक्षिण एशीयाकै राम्रो र महत्वपूर्ण संग्रालय रहेको बताउनुभयाे । उहाले संग्राहलयले पर्यटन प्रबद्र्धन, थारु संस्कृतिको संरक्षण,इतिहासको संरक्षण र प्रबद्र्धनमा ठूलो योगदान र भूमिका खेल्ने बताउनुभयाे । दाङमा स्थापना भएको ऐतिहासिक थारु संग्रालय बन्नु राम्रो र लुम्बिनीकै लागि महत्वपूर्ण पर्यटकीय गन्तब्य रहेको बताउनुभयाे।

पूर्व प्रधानमन्त्री दाहालले सामुदायिक क्षेत्रको पहलमा यति व्यवस्थित र ठूलो संग्राहलय स्थापना र सञ्चालन हुनु देशले गौरव गर्न लायक रहेको बताउनुभयाे । विभिन्न जातजातीहरुको इतिहास देखिने गरि यि र यस्तै संग्राहलयहरु स्थापना भएमा इतिहास जीवित रहने उहाको भनाई थियो । संग्राहलयहरुले इतिहास मात्रै जिवित नराख्ने भन्दै पर्यटकीय गन्तब्य निर्माण गर्ने र पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने उल्लेख गर्नुभयाे । थारु संग्राहलयले पनि यो काम गरेको उहाको भनाई थियो ।

उहाले संग्राहलयको महत्व र स्थानीय भूमिका र सरकारको सहभागिताको विषयमा समेत जिज्ञासा राख्नु भएको थियाे ।

संग्राहलयको महत्व र स्थापनाको विषयमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले जानकारी गराउनु भएको थियाे । चौधरीले थारुहरुको इतिहास जिवन्त राख्न संग्राहलयको परिकल्पना गरिएको बताउनुभयाे ।

संग्राहलयको अवलोकन पछि पूर्व मन्त्री रेखा शर्माले थारुको इतिहास र संस्कृति, चालचलन, रहनशहन रितिरिवाज दर्साएको बताउनुभयाे ।

डा .तोसिमा कार्कीले थारु सास्कृति संग्राहलय परम्पारगत कुराहरु रहेको बताउनुभयाे । उहाले जीवन कला संग्राहलयमा देखिएको बताउनुभयाे । यसलाई वल्डवाइट बनाउनु पर्ने बताउनुभयाे ।

संघीय सदनका शिक्षा समिति सभापति अमर बहादुर थापाले थारु संग्राहलयमा थारुको इतिहास देखेको बताउनुभयाे। पहिचान र इतिहास देखाएको र संरक्षण भएको बताउनुभयाे ।

 

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्