तुलसीपुरमा बैंक चोरी गर्दै गरेको अबस्थामा एक ब्यक्ती पक्राउ



दाङको तुलसीपुरमा बैंक चोरी गर्दै गरेको अबस्थामा एक ब्यक्तीलाई प्रहरीले  पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५‘क’लाईनमा रहेको एनएमबी बैंकको शाखामा चोरी गरिरहेको अबस्थामा तुलसीपुर– १८ दुधरास का २७ वर्षका सन्तोष चौधरीलाई पक्राउ गरेकाे प्रहरीले जनाएको छ ।

बैंकको च्यानल गेटको ताला तोडेर भित्र प्रवेश गरिसकेको अबस्थामा उनलाई पक्राउ गरिएको  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी दिनुभयो ।

उनको साथबाट हतौडा, छिना, प्लास, ह्याक्सा ब्लेड लगायतका चोरी गर्न प्रयोग भएका सामग्रीहरू बरामद गरिएको छ।

उनी सवार रा ५ प ९७९ नम्बरको स्कुटर समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको  छ। उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्