तुलसिपुरमा नगर प्रहरी, १५ जनालाई दर्ज्यानी चिन्ह प्रदान




तुलसीपुर उपमहानगरपालिकाले नगर प्रहरी भर्ना गरेकाे छ । पालिकाले यस अघिका निवर्तमान नगरप्रमुख मेयर घनश्याम पाण्डेकै पालामा बनेकाे ऐनलाई टेकेर भर्ना गरेकाे हाे ।

नियुक्त गरिएका नगरप्रहरीलाई ४० दिनसम्म आधारभूत तालिम दिएर आज दर्ज्यानी चिन्ह र प्रमाणपत्र प्रदान गरिएको हाे ।
नगर प्रहरी प्रमुख नायव निरीक्षक ऋषिराज पछाइ सहित १५ जना नगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको थियाे ।

नगर प्रहरीलाई ४० दिने प्राथमिक कवाज तालिम इलाका प्रहरी कार्यालय तुलसीपुरका वरिष्ठ प्रहरी नायव निरीक्षक मिलन श्रेष्ठको टोलीले दिएको थियाे ।

उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले नगर प्रहरी नहुदा काममा असहजता भएको अनुभव भएको भन्दै शान्ति सुरक्षामा थप सहयाेगका लागि नगर प्रहरी भर्ना गरेकाे बताउनुभयो । नगर प्रहरीकाे काम पनि प्रहरी प्रशासान सरह हुने उहाँले बताउनुभयो ।

साे अवसरमा नगर प्रवक्ता माधव वलीले उपमहानगरलाई समृद्ध बनाउन चरणबद्द तरिकाले अगाडि बढेकाे बताउनुभयो । उहाँले नागरिकहरुकाे चाहाना अनुशार स्थानिय सरकार ऐन लाई टेकेर काम गरिरहेको बताउनुभयो ।

तुलसीपुर काे कामकाज लाई ब्यवस्थित गर्न नगर प्रहरीकाे महत्त्वपूर्ण भुमिका रहने भएकोले हरेक तहकाे भुमिका अनुशार कर्तब्यनिष्ठ भएर काम गर्न आग्रह गर्नुभयाे । उहाँले नीति नियम र कानुन बमाेजिम उभिएर काम गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्