लक्ष्मण बस्नेत
दाङको तुलसीपुरमा संचालित सर्वाधिक राशिकाे अध्यक्ष कप अन्तर वडा स्तरिय रनिङ फुटबल प्रतियाेगिता २०८१ को उपाधि वडा न ६ ले जितेको छ ।
तुलसिपुर उपमहानगरपालिका वडा न ६ काे आयाेजना तथा युथ अफ तुलसीपुर र मदन भण्डारी स्पोर्ट्स क्लबको सहकार्यमा आज शुक्रबार सम्पन्न फाईनल खेलमा वडा न ८ लाई ४-० गोल ले पराजित गर्दै वडा न ६ ले उपाधी जितेको हो ।
उल्लेख दर्शकले खचाखच भरिएको अरनिको मैदानमा भएको खेलमा आफ्नो दबदबाह प्रस्तुत गरेको वडा न ६ ले उपाधी संगै नगद २ लाख ६६ हजार ६ सय ६६ र चाँदीको रनिङ शिल्ड हात पार्यो ।
फाईनलमा हार ब्यहोरेको वडा न ८ उपबिजेतामा सिमित रहदै नगद १ लाख ६६ हजार ६ सय ६६ सहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ वेष्ट प्लेयर खेलाडी वडा न ६ का हरिहर बुढामगर भए । उनले नगद ८ हजार तथा ट्रफी हात पारे । त्यस्तै वेष्ट डिफेन्स वडा न ६ का एलिस रसाईलि,हाई स्कोरर वडा न ६ सागर गन्धर्व,वेष्ट किप्पर वडा न ६ कै प्रतीक सेर्पाईली,वेष्ट मिड फिल्डर वडा न ८ का राज बहादुर बस्नेत,बेष्ट कोच वडा न ६ का कमल लामिछाने भए । उत्कृष्ट सबैलाई जनही ५ हजार तथा ट्रफी प्रदान गरिएको थियो ।
यसैबिच प्रतियोगिताको समापन समारोह तुलसिपुर उपमहानगरपालिका वडा न ६ का अध्यक्ष तथा प्रतियोगिता मुल आयोजक समितिका संयोजक दुजमान भन्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका पुर्व अर्थ मन्त्री माननीय धन बहादुर मास्किको प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीको विशिष्ट आतिथ्यमा भएको थियो ।
कार्यक्रमको संचालन नानी मैयाँ वलि ले गर्नु भएको थियो ।
माघ १९ गते देखि संचालित प्रतियोगितामा तुलसीपुर नगरका १९ वडा मध्य १६ वडाका टिमको सहभागिता रहेको थियो ।