तुलसीपुर स्थित ज्ञानज्योतिले एमबिए पढाइ सुरु गर्ने



दाङको तुलसीपुर स्थित ज्ञानज्योति फाउण्डेशनले व्यवस्थापन शिक्षाको उच्च तहको कोर्स ‘मास्टर अफ बिजनेस एड्मीनिस्ट्रेशन’ (एमबिए) पढाइ सुरु गर्ने भएको छ ।

ज्ञानज्योति फाउण्डेसनका सिइओ सुरेन्द्र जिसीका अनुशार नयाँ शैक्षिक कार्यक्रम एमबिए मार्फत विद्यार्थीहरूलाई व्यावसायिक दक्षता प्रदान गर्नेछ ।  एमबिए कार्यक्रमले व्यावसायिक क्षेत्रका मागहरूलाई सम्बोधन गर्दै उत्कृष्ट पेशागत क्षमता विकासमा योगदान पुर्याउनेछ ।

फाउण्डेशनले विद्यार्थीलाई सहजताका लागि प्रविधियुक्त कक्षा संचालन गर्ने उहाँले बताउनुभयो । कलेजले विद्यार्थीलाई अनलाइनबाट पनि कक्षा दिन सक्ने भएकाले विद्यार्थीले जुनसुकै पेशा व्यवसायमा भएपनि अध्ययन गर्न सक्ने बताउनुभयो ।

फाउण्डेशनले आज गरेको पत्रकार भेटघाट उहाँले फाउण्डेशनले दाङमै पहिलो पटक एमबिए पढाउने तयारी गरेको बताउनुभयो । एमबिए पढाई दुई वर्षमा पुरा हुने र चार वटा सेमिष्टरमा संचालन हुने सिइओ जिसीले बताउनुभयो ।

कार्यक्रममा ज्ञानज्योति कलेजका शैक्षिक संयोजक शरद गौतमले ज्ञानज्योतिलाई विश्वासिलो शैक्षिक थलोको रुपमा अघि बढाउन एमबिए कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कलेज रिडर्सका सिइओ जीतेन्द्र घिमिरेले एमबिए कार्यक्रमले स्मार्ट जनशक्ति उत्पादन गर्ने बताउनुभयो । उहाँले हरेक क्षेत्रको पेशालाई मर्यादित बनाउन एमबिए पढ्न सकिने बताउनुभयो ।

पत्रकार सम्मेलनमा एनआइसी एसिया बैंकका तुलसीपुर शाखाका म्यानेजर राजिब वली, सानिमा बैंक तुलसीपुुर शाखाका म्यानेजर प्रणिल भुसाल, सिद्धार्थ बैंक तुलसीपुर शाखाका म्यानेजर किरण आचार्य लगाएतले व्यावसायिक जनशक्ति उत्पादनमा एमबिए कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य सुशिल बस्नेतले व्यवस्थापन संकायमा उच्च शिक्षा हासिल गर्ने चाहाना बोकेका विद्यार्थीका लागि राम्रो अवसर रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका नयाँ पदाधिकारीलाई सम्मान गरिएको हो । पत्रकार सम्मेलनको सहजिकरण शिक्षक सन्तोष केसीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ पुष १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्