कारकाे ठक्करबाट तुलसीपुरमा एक जना घाइते



तुलसीपुरमा कारको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन्।

 तुलसीपुर-५  वी.पी. चोकमा बुधबार साँझ सात बजेतिर वी.पी. चोकबाट बसपार्कतर्फ गरेकाे प्र.३-०१-०२४ च ०५४६ नम्बरको कारले ठक्कर दिँदा सोही ठाउँका ३७ वर्षीय ज्ञानेन्द्र केसी घाइते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाका  अनुसार घाइते काेसीकाे टाउको र बायाँ खुट्टामा चोट लागेकाे र अवस्था मध्यम रहेकाे  छ ।

केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार  थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होम रेफर गरिएकाे छ ।

दुर्घटनामा संलग्न कार चालक तुलसीपुर -६ निवासी २५ वर्षीय शिवराज अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्