रोल्पामा लागुऔषध सहित चार युवा पक्राउ



रोल्पामा लागूऔषधसहित चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको लमही नगरपालिका– ५ कोइलाबास घर भई रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँमा हिलसाइड अटो वर्कसप संचालन गरि बस्ने ३१ वर्षीय राजन गुप्ता, माडी गाउँपालिका–२ पारिवाङका २२ वर्षीय सुमन बुढामगर, सोही ठाउँका २३ वर्षीय लोकेन्द्र बुढामगर र रोल्पा नगरपालिका–२ का २८ वर्षीय भुपेन्द्र डाँगी रहेको रोल्पा प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट कालो प्लास्टिकमा हालिएको ६.८२ ग्राम लागूऔषध (चरेश) बरामद गरिएको छ । शनिबार (जेठ ३ गते) बिहान रोल्पाको माडी गाउँपालिका–२ को कोइहालामा साइड अटो वर्कसपमा रहेको बा.२३ प २६८१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा सवारीसाधनका सञ्चालकसहित चार जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक बिजय चापागाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकाहरूलाई लागूऔषध (चरेश) मुद्दामा जिल्ला अदालत रोल्पाबाट १० दिनको म्याद थप गरी ईलाका प्रहरी कार्यालय घर्तीगाउँमा आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्