
सोनाटा कस्मेटिक्स प्रा.लि.ले तीजलाई लक्षित गर्दै आज घोराहीको पौवा होटलमा तीज विशेष दर खाने कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा घोराहीका आधिकारिक विक्रेता आर.भी. ट्रेडिङकी प्रोप्राइटर राधिक वन्जाडेको अध्यक्षता तथा सोनाटा कस्मेटिक्स प्रा.लिका म्यानेजर दशरथ ज्ञवालीको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्ञवालीले तीज पर्व महिलाहरूको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको सद्भावको पर्व भएको उल्लेख गर्नुभयो। उहाँले मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा आपसी सद्भाव बढाउन यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।
ज्ञवालीले महिलाहरू आत्मनिर्भर बन्ने हो भने परिवारसहित समाजसमेत समृद्ध बन्ने बताउँदै महिलाहरूलाई स्वरोजगारमा जोडिनु आवश्यक रहेकोमा जोड दिनुभयो।
कार्यक्रममा अध्यक्ष राधिक वन्जाडेले महिलाहरूको आत्मनिर्भरता नै परिवार समृद्धिको आधार भएको बताउँदै आयआर्जनमा महिलालाई जोड्न सोनाटा कस्मेटिक्सको उल्लेखनीय भूमिका रहेको उल्लेख गर्नुभयो। महिलालाई व्यवसायमा जोड्न परिवारको साथ र समर्थन अत्यावश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशील व्यवसायी महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। त्यस्तै, सोनाटा कस्मेटिक्स प्रा.लिका सेल्स म्यानेजर गिरी बहादुर चौधरी लगायतको समेत उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण पत्रकार वसुन्धरा गौतमले गर्नुभएको थियो।

