
दाङमा जेनजी आन्दोलनका दौरान विभिन्न सरकारी कार्यालयमा भएको ढुङ्गामुढा, तोडफोड, लुटपाट र आगजनी घटनामा संलग्न रहेको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही–१५ का २८ वर्षीय विकास भुषाल र घोराही–१० नारायणपुरका १९ वर्षीय अनिल बि.क. रहेका छन्।
दाङ जिल्ला अदालत र इलाका प्रहरी कार्यालय नारायणपुरमा क्षति पुर्याउने घटनामा संलग्न रहेको ठहर भएपछि उनीहरूलाई पक्राउ गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयाे ।
प्रकाशित मिति : २०८२ कार्तिक २९ गते शनिवार

