मृतकका परिवारलाई बिमा बाफत ५ लाख,छोरीलाई पढाउने सहमती



तुलसीपुरमा बसको ठक्करबाट मृत्यु भएका तिर्सना घर्ति मगरको परिवार र यातायात समितिबिच सहमती भएको छ । यातायात समितिले मृतकका परिवारलाई बिमा बाफतको ५ लाख रुपैयाँ दिने र मृतक तिर्सनाका छोराछोरीलाई पढाउन सहयोग गर्ने सहमती भएको हो ।

सहमती भएपछि अवरुद्ध सडक पूर्ण रुपमा सुचारु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले बताउनुभयो । हिजो (बुधबार) दिउँसो पौने दुई बजेतिर तुलसीपुर-५ बसपार्क स्थित माछापुछ्रे गेट नजिकै तुलसीपुर-५ सम्झना टोलका ३९ वर्षिय तिर्सना घर्ति मगरलाई बसले ठक्कर दिदा मृत्यु भएको थियो ।

त्यहि घटनालाई लिएर पिडीत पक्षले आज दिउँसो २ बजेपछि तुलसीपुर बजारमा यातायातका सवारी साधन पूर्ण रुपमा बन्द गरेरे आन्दोलन गरेका थिए । तिर्सनाको मृत्यु भएपछि उहाँका आफन्ती र स्थानीयहरूले न्यायको माग गर्दै आज दिनभर विरोध प्रदर्शन गरेका हुन् ।

हिजो बुधबार  विरेन्द्र चोकबाट बसपार्कतर्फ जाँदै गरेको लु प्र ०२००१ ख ४४ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएकी तिर्सनाको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । ठक्कर दिने बस र चालक तुलसीपुर-६ का ४२ वर्षका खेमराज ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्