बिकलाई अवैध हतियार तथा गोली गठ्ठा लुकाई छिपाइ राखेको गोप्य सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।
बिकलाई हिजो मंगलबार साँझ करिब साढे ६ बजेतिर पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बिकले ट्रेनिङ सेन्टरकै होस्टेलमा सुत्ने खाटमुनी राखिएको झोलाभित्र एकथान ०.३२ बोरको पेस्तोल, सोही पेस्तोलमा लाग्ने ४ राउण्ड गोली र ७ राउण्ड क्षमता भएको म्याग्जिन लुकाएर राखेको अबस्थामा फेला परेको सूचना अधिकारी शाहले जानकारी दिनुभयो ।
वडा प्रहरी कार्यालय घोराहीबाट प्रहरी निरीक्षक सुरजसिंहको कमाण्डमा गएको टोलीले उक्त हतियारसहित बिकलार्ई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ असार २५ गते बुधवार

