प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटवार्ता



नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटवार्ता भएको छ । ओली र भण्डारी बिच एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भेटवार्ता भएको हाे।

पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने सार्वजनिक घोषणा गरेपछि एमालेको हालैको सचिवालय र पोलिटब्युरो बैठकमा यस विषयमा छलफल भएको थियो । यसै सम्बन्धमा पार्टी नेतृत्वसँग औपचारिक रूपमा आज छलफल हुन लागेको हो ।  यश अघि अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले आफ्नो घोषणाअघि पार्टीसँग कुनै छलफल नगरेको बताउँदै आउनुभएको छ ।

शनिवार मात्र  सम्पन्न भएको पोलिटब्युरो बैठकमा अधिकांश नेताहरूले अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबीच छलफल गरी सहमतिमा पुग्न आग्रह गरेपछि भोलि साउन ५ गते बस्ने एमाले केन्द्रीय कमिटीको बैठकअघि नै दुवै नेताबीचको विवाद मिलाउन उहाँहरुबीच आज छलफल भइरहेको जनाइएकाे छ ।

 

प्रकाशित मिति : २०८२ साउन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्