संचारकर्मि एच.आर मगरकाे अभिनय रहेकाे तिज गित ‘चट्ट माया लै लै” सार्वजनिक



हिन्दु नारीहरुको महान चाड हरितालिका तीज पर्वलाई लक्षित गरी ‘चट्ट माया लै लै” तीज गीत सार्वजनिक गरिएको छ । शनिबार एचआर क्रियसनबाट उक्त गीत सार्वजनिक भएको हो ।

ब्ल्याक डायमण्ड फिल्मस् प्रा.लिको आयोजना तथा एचआर मिडिया हाउसको व्यवस्थापनमा तुलसीपुरमा एक कार्यक्रमकाबीच गीत सार्वजनिक गरिएको हो ।

ब्ल्याक डायमण्डका अध्यक्ष झग्गु भण्डारीद्वारा निर्देशित उक्त गीत दाङमै छायांकन गरिएको हो । उक्त गीतमा रोशन वलीको शब्द रहेको गीतमा लय मन्जित पहाडीकाे छ। गीतमा गायक भागिरथ चलाउने र माया केसीकाे स्वर छ भने एचआर मगर र माया केसीको अभिनय रहेको छ ।

गीतको छायांकन द्रोण बस्नेतले गर्नु भएको छ  । संगीत खेमराज गौतम, कोरियो ग्राफर तुफान वली, सम्पादन लक्ष्मण डाँगीले गर्नु भएको छ  ।

सञ्चारकर्मी तथा मोडल एचआर मगरको स्वागत मन्तव्यबाट सुरु कार्यक्रमको सहजिकरण केबी वलीले गर्नु भएको थियाे ।

प्रकाशित मिति : २०८२ साउन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस्