११४ औँ महिला दिवशको अवसरमा दंगिशरण गाउँपालिका वडा नम्बर ६ मा विभिन्न प्रतियोगिताहरु सम्पन्न भएको छ । दंगिशरण गाउँपालिका ६ को आयोजनामा लोकगीत, वक्तृत्वकला, कुर्सी दौड एवं घैटा फोड प्रतियोगिताहरु सम्पन्न भएको हो ।
प्रतियोगिता मध्य वक्तृत्वकला प्रगियोगितामा चन्द्रकला नेपाली प्रथम, कृष्णा विष्ट बोहरा द्वतिय र ललिता रोका तृतिय, लोकगीत प्रतियोगितामा रिमा के.सी. प्रथम, शीतल योगी भण्डारी द्वतिय र चन्द्रकला नेपाली तृतिय हुनु भएको थियो ।
यस्तै कुर्सी दौड प्रतियोगितामा सीता भण्डारी प्रथम, निर्मला वली द्वतिय र मीला चौधरी तृतिय एवं विष्णु वली प्रथम, गंगा चौधरी द्वतिय र ईन्द्र परियार तृतिय हुनुभएको थियो । प्रतियोगिताका बिजेताहरुलाई प्रमाणपत्र र पुरस्कार स्वरुप साडी प्रदान गरिएको थियो ।
प्रतियोगिताहरुको सहजिकरण नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले गरेको थियो ।
वडा सदस्य टंकी भण्डारीको अध्यक्षता तथा दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हाे ।
सहभागी हिरा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिव कुमारी खड्का भण्डारीले गर्नुभएको थियो ।