समतामुलक समाज निर्माणका लागि नेपाली लोक सस्ंकृती र परम्परालाई जोगाउँनु आवश्यक रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । समृद्ध समाज निर्माणमा सस्ंकृतीक कुराहरुको भूमिका आवश्यक रहेको भन्दै चाडपर्वहरु खर्चिलो र भड्किलो नभई सौहार्दपुर्ण तरीकाले मनाउँनुपर्ने उनीहरुको धारणा थियो । नेपाल राष्ट्रिय उद्मोग ब्यवसाय महासंघले आज शनीवार तुलसीपुरमा आयोजना गरेको तीज मलिन समारोहमा बोल्ने सहभागिहरुले यस्तो बताएका हुन् । सहभागिहरुले तिज पर्वको नाम गित संगीत र नाचमा आधुनीकताको नाममा बिकृती फैलीदै गएको भन्दै भन्दै चिन्ता ब्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतीथी नेपाल राष्ट्रिय महासंघका केन्द्रिय सदस्य टोप बहादुर घर्तीले महिलाहरुको पर्व तीज पछिल्लो समय देखावटी तरीकाले मनाउँने गरेको भन्दै यसलाई आफनै मौलीक रीतीरीवाजका साथ मनाउँन आग्रह गर्नुभयो । सदस्य घर्तीले समयसंगै हरेक चिजहरु फेरीनुपर्ने बहानामा रीतीरीवाज नै मासीने गरि परिवर्तन ल्याउँन जरुरी नरहेको बताउँनुभयो । हिजो घरमा सिमीत महिलाहरु अहिले हरेक क्षेत्रमा सक्रिय भएको र भोलीका दिनमा हरेक तहमा सक्षम महिलाहरु आउँन जरुरी रहेको बताउँनुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालीकाका प्रमुख टिकाराम खड्काले तीज पर्व पछिल्लो समय निकै भड्किलो र खर्चिलो तरीकाले मनाउँने गरेको पाईएको बताउँनुभयो । एकअर्काको देखासिखी गरेका कारणले समाजमा विभीन्न अपराधिक घटनाहरु बढ्दै गएको बताउँनुभयो ।
कार्यक्रममा नेकपा एमाले दाङ जिल्ला अध्यक्ष हुकुम बस्नेतले भाईचाराको सम्बन्ध स्थापित गर्न , सभ्य समाज निर्माण गर्न यी यस्ता कार्यक्रम गर्नु आजको आवश्यक्ता रहेको बताउँनुभयो । फेरीदै गएको सस्ंकृतीका नाममा विकृती फैलीएको भन्दै सस्ंकृती बचाउँ अभियान चलाउँनुपर्ने उहाको भनाई थियो ।
कार्यक्रममा अनेमसंघका जिल्ला सचिव युवा कराराले पर्वमा धन देखाउँन भन्दा पनि मन देखाउँनुपर्ने बताउँनुभयो । तीज पर्व दिदिबहिनी बिचको सु मधुर सम्बन्ध स्थापित गर्न मेलमीलाप संगै दुखसुख बिसाउँने, मन खुसी बनाउँने पर्वका रुपमा मनाउँनुपर्ने बताउँनुभयो ।
कार्यक्रममा महिला नेतृ रितु शर्मा, रासस का नारायणि रजौरे लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । नेपाल राष्ट्रिय उद्मोग ब्यवसाय महासंघ तुलसीपुर नगर कमिटीका अध्यक्ष होताराम आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । महासंघका नगर सचिव सपना बस्नेतको स्वागत मनतब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण महासचिव चुफानबाबु श्रेष्ठले गर्नुभएको थियो ।