किसानलाई जुनोटिक रोगका बारेमा प्रशिक्षण



No description available.

मानिसबाट पशुमा र पशुबाट मानिसमा सर्ने रोगका बारेमा घोराही उपमहानगरपालिकाका किसानहरुहरुलाई प्रशिक्षण दिइएको छ । घोराही उपमहानगरपालिका पशुसेवा कार्यालयको आयोजनामा आज भएको कार्यक्रममा पशु चौपाया पाल्ने किसानहरुको सानो लापरवाहीका कारण यसखालका रोगीहरुको सख्यां बढ्दै गएको भन्दै सरोकारवालाहरुले यसमा सुधार ल्याउनु पर्ने बताएका छन् ।

मानिसमा देखिने रोगहरु मध्ये ६० प्रतिशत रोगहरु पशु चौपायाबाट बिभिन्न माध्ययमबाट सर्ने भएकाले यसमा सावधानी अपनाउन पनि सरोकारवालाहरु एकमत भएका छन् । रेविज, कोरोना, फित्तेजुका, कालाजार, इन्फ्लुन्जा लगाएतका रोगहरु पशुचौपायबाट बिभिन्न माध्यमका रुपमा मानिसमा देखिने भएकाले पशुचौपायको स्याहारसुसारदेखी त्यसबाट उत्पादित बस्तुहरुको उपभोगमा आम नागरीकहरुले ध्यान दिनुपर्ने पशु चिकित्सकहरुको सुझाव छ ।

कार्यक्रममा पशु चिकित्सक मनोज वलीले मानिसका आनीवानी सुरक्षित नहुँदा पशुचौपायहरुको मासु, दुध, दिशा, पिसाव, र्याल रगत र पशुहरुसंगको संगतबाट जुनोसिस रोगको संक्रमण मानिसमा बढ्दो भएकाले यसमा सबै पक्ष जिम्मेवार बन्नु पर्ने बताउनुभयो । पछिल्नो १० वर्षमा यसखालका रोगहरुबाट नेपालमा पनि संक्रमितहरु बढ्दै गएको भन्दै मानिसले आफ्ना व्यवहारलाई सुरक्षित बनाउनु नै वुद्धिमानी हुने बताउनुभयो । कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमूख हुमा डिसी, वडा नम्बर १० का वडाध्यक्ष दिपक पान्डे, नारायणपुर पशुस्वास्थ्य कार्यालयका हिमप्रसाद शर्मा लगाएतले यसखालका रोगहरुबाट बच्न र अरुहरुलाई पनि बचाउँन सबैको दायित्व भएको भन्दै सबै पक्ष जिम्मेवार बन्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका विभिन्न वडाहरुमा व्यवसायीकरुपमा पशुपालन गर्दै आएका ३२ जना किसानहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्