दाङको प्रमुख जिल्ला अधिकारीमा विश्वप्रकाश अर्याल



दाङको प्रमुख जिल्ला अधिकारीमा विश्वप्रकाश अर्याल आउनुभएको छ । उहाँ सिराहबाट सरुवा भएर दाङ आउनुभएको हो ।

यसअघिका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको कैलाली सरुवा भएपछि अर्याल प्रमुख जिल्ला अधिकारीको रुपमा आउनुभएको हो ।

अर्याल दाङको ६० औँ प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ।

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ११ निवासी अर्याल वि.स.२०५३ सालदेखि निजामति सेवामा प्रवेश गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ भाद्र १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्