सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु



प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज प्रतिपदा तिथि श्राद्ध अपराह्नसम्म गर्नुपर्ने छ।

आश्विन कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्मका १६ दिनमा दिवंगत पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्ने परम्परा रहेको छ।

चाडपर्व वा ठूलो कार्य अघि पितृतृप्तिका लागि यो कर्म गर्ने वैदिक सनातनी परम्परा रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।

पितृ पक्ष सकिएसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुने गर्दछ।

 

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्