
जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले तुलसीपुरबाट पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तुलसीपुर–७ का रुपेश नेपाली, तुलसीपुर–९ का सुनिल वली, तुलसीपुर–५ का करण सुनार र मुकेश भण्डारी तथा तुलसीपुर–६ का ज्ञानेन्द्र गन्धर्व रहेका छन्।
उनीहरूले गत भदौ २४ गते उच्च अदालत तुलसीपुर र अस्थायी प्रहरी पोष्ट बसपार्कमा तोडफोड, आगजनी र लुटपाट गरेको आरोप छ।
प्रहरीले घटनास्थलबाट प्रमाणसहित सामग्री संकलन गरेको र अन्य संलग्नहरूको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिनुभयाे।

प्रकाशित मिति : २०८२ कार्तिक २७ गते बिहिवार

