उधौली पर्व: किराँत समुदायद्वारा पितृ र प्रकृतिको सम्मान



मंसिर शुक्ल पूर्णिमामा किराँत समुदायले आज उधौली पर्व धुमधामसँग मनाएका छन्। पितृको सम्मान, प्रकृतिप्रति कृतज्ञता र नयाँ अन्नबालीको पूजा धन्यवाद स्वरूप यो पर्व मनाइन्छ।

याक्खा समुदायले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला तथा लिम्बूहरूले चासोक तङ्नाम नामले पर्व मनाउने गरेका छन्। बाली पाकेपछि इष्टदेवतालाई चढाउने र खान अनुमति माग्ने परम्परा यो पर्वको मूल भाव हो।

बिहानैदेखि जातीय भेषभूषामा सजिएर  च्याब्रुङ बाजासहित किराँत समुदाय चण्डीनाच, च्याब्रुङनाच, ढोल नाच लगायतका परम्परागत नृत्य प्रस्तुत गर्छन्। वैशाख शुक्ल पूर्णिमामा मनाइने उभौलीपछि मंसिरमा उधौली मनाइने परम्परा छ । जसले जाडोयाममा पहाडबाट तल झर्ने सांस्कृतिक चलन प्रतीकित गर्छ।

धान्य पूर्णिमा, नेवार समुदायको योमरी पूर्णिमाजस्तै नयाँ अन्नबाली देवदेवीलाई चढाएर खाने समान सांस्कृतिक भावना यो पर्वमा समेत जोडिएको छ। उधौली पर्वको अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्