
नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत खुल्ला महिला केन्द्रीय सदस्य पदका लागि कोमल वली ले उम्मेदवारी दर्ता गराउनु भएको छ । वलीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उम्मेदवारी दििनुभएकाे हाे ।
कोमल वली पार्टी संगठनमा सक्रिय, अनुशासित र महिला नेतृत्व सशक्तीकरणका क्षेत्रमा निरन्तर क्रियाशील नेतृका रूपमा चिनिनुहुन्छ । स्थानीय तहदेखि पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी वलीले संगठन विस्तार, महिला सहभागिता र जनसम्पर्कमा प्रभावकारी भूमिका खेल्दै आउनु भएको छ । उहाको उम्मेदवारीले केन्द्रीय नेतृत्वमा महिलाको प्रतिनिधित्व थप सशक्त हुने अपेक्षा गरिएको छ।

यसैबीच, दाङ जिल्लाबाट पनि नेकपा (एमाले) को ११ औँ महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी परेको छ। दाङबाट महासचिव शंकर पोखरेल सहित केन्द्रीय सदस्य तथा विभिन्न समूहअन्तर्गत उम्मेदवारी दिने नेताहरूमा
घनश्याम पाण्डे, शान्ता चौधरी, सीता सिग्देल न्यौपाने, नरुलाल चौधरी, सुजिका शाक्य, मेनका पोखरेल, भागवत विश्वासी र जीवन गौतम रहेका छन्।
यस्तै साजिदा सिद्दिकी भने निर्विरोध निर्वाचित हुनुभएको छ ।
दाङ जिल्लाबाट उल्लेख्य संख्यामा उम्मेदवारी परेकाले जिल्लाको संगठनात्मक प्रभाव र राष्ट्रिय राजनीतिमा दाङको भूमिकालाई समेत महाधिवेशनले स्पष्ट रूपमा उजागर गरेको नेताहरूको भनाइ छ।
भक्तपुरको सल्लाघारीमा जारी महाधिवेशनमार्फत एमालेले नयाँ नेतृत्व चयन गर्दै आगामी राजनीतिक यात्राको दिशा तय गर्ने तयारी गरेको छ। हिजो साेमबार उम्मेदवारहरूको अन्तिम सूची प्रकाशनपछि आज मंगलबार मतदान प्रक्रिया सञ्चालन हुने कार्यतालिका रहेको छ।

