वक्तृत्वकला प्रतियोगितामा ज्ञानमालाकी अदिति केसी प्रथम



नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र दाङले आज घोराहीमा आयोजना गरेको मावी स्तरीय वक्तृत्वकला प्रतियोगीतामा घोराही १६, सर्रास्थित ज्ञानमाला एकेडेमीकी कक्षा १० की छात्रा अदिति केसी प्रथम भएकी छिन् ।

संघका संस्थापक खगेन्द्र बहादुर बस्नेतको ९८ औं जन्म जयन्तीका अवसरमा आयोजित ‘नेपालमा अपांगताको अबस्था र सरोकारवालाको भूमीका’ बिषयक वक्तृत्वकला प्रतियोगितामा गोर्खा मावि घोराहीकी कक्षा ११ की छात्रा सुप्रिया शर्मा दोस्रो भएकी छिन् ।

यसैगरी माउण्टभ्यू बोर्डिङ स्कुल घोराहीकी छात्रा सलिना पौडेल तेस्रो र गुरुकुल एकेडेमी घोराहीकी छात्रा यशु बुढाथोकी सान्त्वना भएका छन् । प्रथमलाई ५ हजार, दोस्रोलाई ३ हजार, तेस्रोलाई २ हजार र सान्त्वनालाई १ हजार नगद् तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

संघका सभापति रुपा वलीको अध्यक्षता र घोराही उपमहानगरपालिका उपप्रमुख हुमा कुमारी डिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा घोराही १४ का वडाध्यक्ष भानसिं बुढाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संघकी सदस्य पार्वती रानाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण उपसभापति निशान्त आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २०८२ माघ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस्