शुक्रवारदेखि वर्षासहित चिसो बढ्ने सम्भावना




मौसमविद्हरूले पर्सि शुक्रवारदेखि देशका केही भागमा वर्षासहित चिसो बढ्ने सम्भावना रहेको बताएका छन्। पश्चिमी वायु र भूमध्य सागर क्षेत्रमा बनेको प्रणालीका कारण सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाइएको छ।

मौसमविद्हरूका अनुसार वर्षा गराउने प्रणाली गण्डकीसम्म आइपुग्ने भए पनि मध्य र पूर्वी नेपालमा सामान्य प्रभाव मात्र पर्नेछ। तराईमा वर्षाको सम्भावना कम रहे पनि बादलका कारण हुस्सु हट्ने अनुमान छ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रवार सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुन सक्ने जनाएको छ। वर्षा र हिमपातले ठूलो विपद् नआए पनि केही दिन चिसो बढ्ने भएकाले सतर्क रहन मौसमविद्हरूको सुझाव छ।

प्रकाशित मिति : २०८२ माघ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्