
दाङको तुलसीपुर–९ मा करिब ३ करोड रुपैयाँभन्दा बढी लगानीमा लुम्बिनी स्मार्ट स्कुल सञ्चालनमा आएको छ। विद्यालयले आगामी शैक्षिक सत्रदेखि औपचारिक कक्षा सञ्चालन गर्ने जनाएको छ।
विद्यालयले अत्याधुनिक भौतिक पूर्वाधारसहित गुणस्तरीय शिक्षा प्रदान गर्ने दाबी गरेको छ। नवनियुक्त प्रधानाध्यापक बामदेव सापकोटाले विद्यार्थीको शैक्षिक उपलब्धि बढाउन नयाँ शिक्षण विधि अपनाइने बताउनुभयो।
उहाँका अनुसार विद्यालयले परम्परागत ढाँचाभन्दा फरक शैलीमा विद्यार्थी केन्द्रित शिक्षण प्रणाली अवलम्बन गर्नेछ, जहाँ विद्यार्थीको रुचि र आवश्यकता अनुसार सिकाइ प्रक्रिया अघि बढाइनेछ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन स्वर्णकारले अभिभावकको मागअनुसार नयाँ विद्यालय स्थापना गरिएको जानकारी दिनुभयो। कार्यक्रमकाे शहजिकरण विद्यालयका कार्यक्रम संयोजक कमल भण्डारीले सहजीकरण गर्नुभएको थियो।

