पत्रकार एच. आर. मगरद्वारा जन्मदिनमा आगलागी पीडितलाई आर्थिक सहयोग



दाङको तुलसीपुरबाट सञ्चालन भइरहेको इगल खबरका प्रबन्धक/ पत्रकार एच. आर. मगरले आफ्नो जन्मदिनको अवसरमा आगलागी पीडितहरूलाई आर्थिक सहयोग गर्नु भएको छ।

सल्यानमा जारी दोस्रो वृहत सल्यान महोत्सव स्टल आगलागी पीडितहरूलाई आफ्नो जन्मदिनको अवसरमा नगद ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नु भएको हाे ।

आगलागीबाट करोडौँको क्षति हुँदा व्यवसायीहरू पीडामा रहेको अवस्था उनीहरूलाई थोरै भएपनि राहत पुगोस्, भन्ने उद्देश्यले  सहयोग गरेको उहाले बताउनुभयो । ‘ विगतका वर्षहरूमा पनि जन्मदिन विभिन्न समाजिक कार्य गरि मनाउने गरेको थिए । तर, यस पटक सल्यान जिल्लामा भएको घटनाले मलाई निकै दुखी बनायो । त्यसैले फजुलमा बाहिर खर्च गर्नुभन्दा आगलागी पीडितलाई सहयोग गरेको हु ।’- उहाँले भन्नुभयो ।

आफ्नो जन्मदिनको अवसरमा मगरले आगलागी पीडितहरूलाई सहयोग गरेको भन्दै राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा सल्यान अध्यक्ष तथा महोत्सव संयोजक प्रेमनारायण विकले धन्यवाद दिनुभएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्