
पूर्व राष्ट्रिय सभा सदस्य कोमल वली का बुवा ललित बहादुर वली को घरको छतबाट खसेर निधन भएको छ।
आज बिहान घरको छतमा घाम ताप्न जाने क्रममा खसेर गम्भीर घाइते हुनुभएका वलीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार आज बिहान करिब १० बजेतिर तुलसीपुर–६ स्थित आफ्नै घरको दुईतलाबाट भूइँमा खसेर गम्भीर घाइते हुनुभएका वलीको उपचारकै क्रममा मृत्यु भएको हो।
उहाँको आजै शीतलपुर बबई घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। बुवाको निधनपछि कोमल वली काठमाडौंबाट आजै दाङ आइपुग्ने परिवारले जनाएको छ।
स्वर्गीय वलीका ३ छोरा र कोमल वली सहित ४ छोरी रहेका छन्।
प्रकाशित मिति : २०८२ चैत्र १३ गते शुक्रवार

